Chauthoanga - Nepali News Media
 प्युठानमा चट्याङ्ग लागेर दुई बालकको  मृत्यु

प्युठान:  प्युठानमा चट्याङ्ग लागेर दुई बालकको  मृत्यु भएको छ । प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ्ग लागेर दुई बालकको मृत्यु भएको हो । 

चट्याङ्ग लागेर घाइते भएका स्थानीय ७ वर्षका रोमन परियार र १२ वर्षका किरण परियारको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । 

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो । चट्याङ्ग लागेर ऐरावती गाउँपालिका–६ का ५ जना र वडा नम्बर–१ दाङवाङ्गका ४ जना गरी ९ जना घाइते भएका छन् । 

घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसवर्ष वैशाखयता ४३ जनाले चट्याङ्गका कारण ज्यान गुमाएका छन् । ७५ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको