Chauthoanga - Nepali News Media
प्रधानन्यायाधीशमाथिको महाअभियोग गलत, एमालेले सुझबुझपूर्ण निर्णय गर्छ : ओली
kp_oli_LFojP6cE1k.jpg

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष तथा सांसदीय दलका नेता केपी शर्मा ओलीले नेपाली कांग्रेससहितका सत्ताधारी दलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग सर्वथा गलत भएको बताउनुभएको छ ।

नयाँ बानेश्वरमा आज साेमवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले दर्ता भएको महाअभियोको प्रस्ताव गलत भएको र स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रका रूपमा यसलाई बुझ्न सकिने बताउनुभएको हो । सत्तापक्ष र प्रतिपक्षबीच संवादको वातावरण बनिरहेका बेला एक्कासी प्रस्ताव दर्ता हुनुमा गम्भीर षड्यन्त्र लुकेको हुन सक्ने उहाँकाे भनाइ छ ।

बैठकमा अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रस्तावका विषयमा एमालेले हतार र उत्तेजनामा निर्णय नगर्ने बताउनुभएको छ ।

यस्तै एमालेले पनि चार जना न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउने हल्ला चलिरहेको विषयलाई लक्षित गर्दै अध्यक्ष ओलीले एमालेले हतारमा नभइ सुझबुझपूर्ण निर्णय गर्ने बताउनुभएको नेता घनश्याम भुसालले जानकारी दिनुभयो ।  

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १४:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको