Chauthoanga - Nepali News Media
शुभप्रभात माविका प्रअ माथि भएको कुटपिट घटना प्रति दाङमा क्रियाशील चार विद्यार्थी संगठन द्वारा विरोध, दोषीमाथी कानुनी कारवाहीको माग

घाेराही- दाङको घोराही उपमहानगरपालिका-१४ स्थित शुभप्रभात माध्यामिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको घटना प्रति दाङमा क्रियाशील चार विद्यार्थी संगठनले दोषीमाथी कानुनी कारवाहीको माग गरेका छन् ।

जिल्लामा क्रियाशिल विद्यार्थी संगठनहरु अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष गोविन्द मल्ल , अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक इन्दु बली , अखिल छैठौँका अध्यक्ष सेवक भट्टराई  र अखिल क्रान्तिकारीका दाङ जिल्ला ईन्चार्ज सोम्पाले संयुक्त वक्तव्य जारी गर्दै उक्त घटनाको विरोध गर्दै दोषीलाई कानुनी कार्वाहीको माग गरेका हुन् । विद्यार्थी संगठनले आज शुभप्रभात माध्यामिक विद्यालयमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी शुभ प्रभात माध्यामिक विद्यालयको घटनाबारे संगठनहरुको तर्फबाट साझा धारणा सार्वजनिक गरेका हुन् ।
विद्यार्थी संगठनले कुटपिटमा संलग्न वडा अध्यक्ष भानसिं बुढा र उहाँको समूहमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही अगाडि बढाउनुपर्ने, विधि र प्रक्रिया पूरा गरी आम अभिभावकहरूको सहभागितामा कानुनी ढाँचामा विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने,. लामो समयदेखि अतिक्रमणमा परेको विद्यालयको जमीन तत्काल विद्यालयको स्वामित्वमा ल्याइ प्रक्रिया अगाडि बढाउन सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने, विद्यालयको सिसिटिभी फुटेजमा सुरक्षित रहेको घटनाका सम्पूर्ण तथ्यका आधारमा सत्य उजागर गरी प्रहरी प्रशासनले निष्पक्ष छानबिन गर्नुपर्ने, विद्यालय परिसरभित्र बनेको अवैध सडक तत्काल हटाई विद्यालयका लागि आवश्यक भौतिक संरचना र खेल मैदान निर्माण गर्नुपर्ने लगाएतका ५ वुँदे माग राखेका छन् । 
विद्यार्थी संगठनले विद्यालय क्षेत्रलाई शान्तिपूर्ण र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै अतिक्रमित विद्यालय भूमि यसै शैक्षिक सत्रभित्र विद्यालयको स्वामित्वमा नआए र दोषीमाथि कारबाही नभए कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ। विद्यार्थी संगठनहरुका अनुसार, विद्यालय व्यवस्थापन समिति (विव्यस) को अध्यक्ष चयन प्रक्रियामा वडा अध्यक्ष भानसिं बुढा नेतृत्वको समूहले हस्तक्षेप गर्दै प्रधानाध्यापक रुद्र बुढालाई जबरजस्ती आफूले भनेको व्यक्ति चयन गर्न दबाब दिएको थियो। जब प्रधानाध्यापकले यसलाई अस्वीकार गर्नुभयो , त्यसक्रममा उहाँलाई अपशब्द प्रयोग गर्दै हातपात गरिएको थियो।
घटनाका प्रत्यक्षदर्शीका अनुसार, विद्यालय व्यवस्थापन समितिको निष्पक्ष गठनको माग गर्दै छलफलका लागि पुगेका अखिल (क्रान्तिकारी) वहुमतका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष नरेन्द्र विक र नेता पवन विश्वकर्मामाथि समेत कुटपिट र दुर्व्यवहार भएको छ। यस घटनाप्रति संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको भर्त्सना गरेको छ।  पत्रकार सम्मेलनमा अखिल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष गोविन्द मल्ल, नेकपा माओवादी वैद्य निकट अखिल क्रान्तिकारी केन्द्रिय कार्यालय सदस्य नविन खड्का, नेकपा बहुमत पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सचिव प्रेम वोहोरा लगाएतले बोल्नुभएको थियो । 
यस्तो छ संयुक्त विज्ञप्तीको पूर्ण पाठ

CamScanner-13-03-2025-20.33-1741879101.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको
पत्रपत्रिका बाट