
दाङ - नेकपा माओवादी केन्द्रका युवा नेता एवं दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १९ का पूर्व वडा सदस्य जंग रोकाले सोही वडाका एकजना विरामिका लागि संकलन गर्नुभएको आर्थिक सहयोग आज उहाँका परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।
युवा नेता रोकाले ब्रेनह्यामरेज भै हाल लर्ड बुद्ध एकेडेमी नेपालगन्जमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्वर - १९ मपुल निवासी शान्तराज घर्ती मगरको उपचारका लागि आर्थिक सहयोग संकलन अभिया संचालन गर्नुभएको थियो ।
विरामी घर्तिको आर्थिक अवस्था कमजोर भएको कारणले उपचारमा समस्या भएपछि युवा नेता जंग रोकाले आर्थिक सहयोग संकलन अभियानको सुरुवात गर्नुभएको हो । उहाँले सामाजिक संजाल फेसवुकमार्फत विरामिको उपचारका लागि आर्थिक सहयोगको याचना गर्नुभएको थियो । त्यसपछि रोजगारीका लागि विभिन्न देशमा पुगेका युवाहरु तथा स्वदेशका समाजसेवीहरुले विरामीको उपचारका लागि ५० हजार आर्थिक नगद सहयोग गरेका थिए ।जसअनुसार विरामिको उपचारका लागि राजकुमार वि.कले पाँच हजार,हिमाल रायमाझीले एक हजार पन्ध्र,जगत घर्तीले दुई हजार , ज्ञान बहादुर घर्ती मगरले दुईहजार,मधुकर वलीले एक हजार पाँच सय,विरेन्द्र घर्ती एक हजार पाँच सय , काँसी पुन एकहजार पाँचरुपैयाँ सहयोग गर्नुभएको थियो । त्यसैगरी किम बहादुर विकले एक हजार पचास,सरद कवरले एक हजार पाँच सय,जिवत महर्जनले दुईहजार पाँच,अर्जुन राहु मगरले दुईहजार पाँचसय,यम सुन्दर घर्तिमगरले तिन सय,विनोद जिएम पाँच हजार पाँस सय पच्पन्न,नारयण घर्तिमगरले दश हजार एक सय पाँच,गोविन्द घर्तिले दुई हजार पच्चिस,खुम ठेटीमगरले एक हजार पाँच सय,खगेन्द्र घर्तिमगरले पाँच हजार,राजु खनालले एक हजार पाच सय पन्ध्र,प्रविन पुनमगरले एक हजार सातसय साठी ,नाम नभन्ने सर्तमा पाँचहजार र त्यसैगरी अन्यले पाँचहजार आर्थिक सहयोग गर्नुभएको छ । युवा नेता जंगरोकाले संकलन गर्नुभएको आर्थिक सहयोग विरामिका आज छोरालाई हस्तान्तरण गर्नुभएको छ ।