Chauthoanga - Nepali News Media
दाङको बुद्ध हस्पिटलमा गरियो  भाच्चिएको लिङ्गको सफल अप्रेसन

बुद्ध हस्पिटलमा भाच्चिएको लिङ्गको सफल अप्रेसन

दाङ - दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा भाच्चिएको लिङ्गको सफल अपरेसन गरिएको छ  । विभिन्न स्वास्थ्य समस्याको सफल उपचार दिदै आईरहेको बुद्ध इन्टरनेशनल हस्पिटलले भाच्चिएको लिङ्गको पनि सफल अपरेसन गरेको बताईएकाे छ ।

अस्पतालले तुलसिपुर उपमहानगरपालिका ५ निबासी २२ वर्षिय सन्तोष थापा (नाम परिबर्तन) को भाचिएकाे लिङ्गकाे अपरेसन सफल बनाईएकाे हाे। ती युवकले युवती संगको यौन सम्पर्कको समयमा लिंगबाट अलि ठुलो आवाज आयो र त्यस लगत्तै लिंग सिथिल हुनुका साथै दुखाइ सुरु भएको युवककाे भनाई छ । युवकका अनुसार दोस्रो दीन लिंग सुनिने र निलो हुन सुरु भयो । त्यसपछि के कारणले यस्तो हुन्छ, भन्ने इन्टरनेट (गुगल) मा खोज्दा लिंग भाच्चियको हुन सक्ने र यस्तो भयको अवस्थामा इमर्जेन्सी अपरेसन गर्नुपर्ने भन्ने थाहा पायपछी उहाँ बुद्ध इन्टरनेशनल हस्पिटलको सर्जरी विभागको ओ. पि. डि. मा पुग्नुभयो ।

सर्जन डा. रमेश बस्नेतले जाच गरिसकेपछि अपरेसन गर्नुपर्ने सल्लाह दिनुभयो सोही सल्लाह अनुसार अपरेसन भयो । अपरेसन पछि दुई दीनको बसाई पश्चात उहाँ हस्पिटल बाट डिस्चार्ज भैसक्नु भयको र अहिले उहाँ नियमित ड्रेसिङमा रहनु भयको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिनुभएको छ ।

बिरामिले अपरेसन पछि स्वास्थ्य स्थिति सामान्य बताउनु भएको छ । यस अपरेसनमा सम्लग्न वरिष्ठ सर्जन डा. रमेश बस्नेतका अनुसार पुरुष माथी महिला चढी गरिने यौन सम्पर्कको आसनका बेला योनि भन्दा माथिको हाड्मा लागेर वा आबेगमा यौन सम्पर्क गर्दा लिंग भाच्चिने सम्भावना बढी हुन्छ ।

लिंग भाच्चिएको अवस्थामा समयमै अपरेसन नगरिएमा घाउमा संक्रमण हुने, उत्तेजनामा समस्या हुने, लिंग सुक्दै जाने तथा निसन्तानपन पनि हुन सक्ने बताउनु भयो । लिंग भाच्चियको अवस्थामा लिंग बाङ्गो हुने, रगत जम्मा भयर रंग गाढा रातो वा निलो हुने भाच्चियको ठाउँमा नबउ महसुस हुने हुन्छ ।

भाच्चिएको लिंगलाई अपरेसन गरि रिपेयर गरिन्छ । समयमै ( आठ घन्टा भित्र ) अपरेसन गरियमा अपरेसन पश्चात् उतेजना , यौन इच्छा लगायत बच्चा सम्बन्धी कुनैपनी समस्या नहुने पनि डा. बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको
पत्रपत्रिका बाट