
कमिरेचौर - नेकपा माओवादी केन्द्र बंगलाचुलीले जनयुद्ध दिवसको अवसरमा जनश्रमदान बाट स्थानिय सडकको मर्मत गरेको छ । पार्टीले बंगलाचुली गाउँपालिका वडा नम्वर-३ को लमपोखरी देखि आधार भूत विद्यालय दाङवाङ सम्म जाने झण्डै दुई किलोमिटर स्थानिय सडको मर्मत गरेको छ ।
नेपमा माओवादी केन्द्र बंगलाचुलीका युवा नेता एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्माको पहलमा ४० घरधुरी स्थानियको सक्रिय सहभागितामा जनश्रमदान गरिएको थियो । यसैविच नेपमा माओवी केन्द्र बंगलाचुलीले जनयुद्ध दिवसको अवसरमा बंगलाचुली गाउँपालिकाको हरेक वडाहरुमा जनयुद्ध दिवस मनाएको छ ।
पार्टीका गाउँकमिटी सचिव गोपिराम थापाका अनुसार बंगलाचुली गाउँपालिकाको वडा नम्वर १ देखि ८ सम्मका सबै वडाहरुमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाईएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ८ मा वडा पार्टीका अध्यक्ष देविराम गाहा मगरको अध्यक्षता एवं पार्टीका नेता गिरराज बाँठामगरको प्रमुख आतिथ्यता एवं वडा नम्वर ८ का अध्यक्ष झविन्द्र बहादुर गाहामगरको विशिष्ठ आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर ७ मा खिमु वैजाली मगरको अध्यक्षता एव् वडा अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमले जनयुद्धका सहिदहरुको सम्झनामा हिरामनोज स्मृति पुरुष तथा महिला भलिवल प्रतियोगिता राख्ने भएको छ । सहिद परिवारका सदस्य पुरन सारुको आयोजनामा उक्त प्रतियोगिता हुने भएको छ ।
यस्तै बंगलाचुली गाउँपालिका वडा नम्वर पाँचमा कुस बहादुर पुन मगरको अध्यक्षता एवं पार्टीका नेता फनाधर बुढामगरको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका विच जनयुद्ध दिवस मनाईएको छ। सो कार्यक्रममा वडा मन्वर ५ का स्थानियहरुको उत्साहजनाक सहभागिता रहेको थियो । त्यसैगरी वडा नम्वर २ मा दिप प्रज्वलन, तथा मसाल जुलुस गरिएको छ वडा पार्टी अध्यक्ष मेघराज घर्तीको अध्यक्षता एवं पार्टीका नेता मेघ बहादुर रानामगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । भने वडा नम्वर एक,चार र छ मा पनि विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाईएको पार्टीका सचिव गोपीराम थापाले जानकारी दिनुभयो ।