Chauthoanga - Nepali News Media
"जनयुद्ध दिवस"को अवसरमा बंगलाचुली गाउँपालिकाले दियो सार्वजनिक विदा

दाङ  - दाङको बंगलाचुली गाउँपालिकाले भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गाउँपालिकाको गाउँकार्यपालिकाको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । प्रवक्ता विश्वकर्माले भन्नुभयो," कार्यपालिका वैठकबाट बंगलाचुली गाउँपालिका  मातहतका सम्पूर्ण कार्यालयमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।"

यसैविच बंगलाचुली गाउँपालिकाको कार्यालयले विदा सम्बन्धी सार्वजनिक सूचना जारी गरेर सबैलाई विदाको जानकरी गराएको छ । गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ,"प्रस्तुत बिषयमा यस वंगलाचुली गाउँपालिकाको मिति २०८१।१०।२९ गते बसेको गाउँ कार्यपालिकाको वैठकको निर्णय अनुसार मिति २०८१ फाल्गुन ०१ गते बिहिवारका दिन बंगलाचुली गाउँ कार्यपालिकाको कार्यालय र अन्तरगतका सवै सरकारी कार्यालयहरु एवं शिक्षण संस्थाहरुमा समेत एक दिन स्थानीय सार्वजनिक विदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।"

received_565335629842123-1739357683.jpeg
यसैविच गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरले सार्वजनिक विदाको सन्दर्भमा प्रतिक्रिया दिँदै विदा जनयुद्ध दिवसलाई लक्षित गरेर दिईएकाे बताउनु भयाे। उहाले जनयुद्ध दिवसलाई सामाजिक न्याय, समानता, र समावेशी विकासको लागि प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने बताउनु भएको छ । अध्यक्ष पुनले भन्नुभयो,"जनयुद्ध नेपालका उत्पीडित, उपेक्षित, र पछाडि पारिएका वर्गहरूको मुक्तिको आन्दोलन थियो। यस दिवसलाई केवल एउटा ऐतिहासिक घटना मात्र नभई, समतामूलक समाज निर्माणको दिशामा मार्गदर्शक तत्वका रूपमा बुझ्नुपर्छ।"

उहाले जनयुद्धका उपलब्धिहरूलाई संरक्षण गर्दै देशमा सामाजिक न्याय र विकासका कार्यक्रमहरू अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाले जनयुद्ध दिवसको ओैचित्यमाथी प्रकाश पार्दै  थप्नुभयो , "जनयुद्धको भावना भनेको मात्र हतियार उठाउने विषय थिएन, बरु समाजको सबै पक्षलाई न्यायपूर्ण तरिकाले अघि बढाउने सोच थियो। हामीले यस दिवसलाई समाज रूपान्तरण र समावेशी विकासको अभियानका रूपमा लिनुपर्छ।"अध्यक्ष पुनमगरले जनयुद्ध दिवको अवसरमा सार्वजनिक  बिदा दिने निर्णयले जनयुद्धका बलिदानहरूलाई सम्मान गर्ने, यसको सन्देशलाई सही रूपमा सम्प्रेषण गर्ने, र वर्तमान तथा भविष्यका लागि सकारात्मक पहलहरू अघि बढाउने बताउनुभयो ।

जनयुद्ध दिवस नेपालमा विशेष महत्व राख्ने दिन हो। तत्कालीन माओवादी पार्टीले २०५२ साल फागुन १ गते सशस्त्र संघर्षको सुरूवात गरेको थियो, जसले नेपालको राजनीतिक परिदृश्यलाई बदल्ने महत्त्वपूर्ण मोड ल्यायो। जनयुद्धको माध्यमबाट संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, र समानुपातिक प्रतिनिधित्वजस्ता प्रणालीगत परिवर्तनहरू स्थापित भएका छन्।

 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको
पत्रपत्रिका बाट