Chauthoanga - Nepali News Media
भ्रष्टाचार निवारण, पारदर्शिता अभिवृद्धि, र जनतासँग प्रत्यक्ष संवाद गर्ने प्रक्रियालाई बलियो बनाउँ : नेता आचार्य

कमिरेचौर - नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाको भेला आज सम्पन्न भएको छ। भेला माओवादी केन्द्र बंगलाचुली गाउँपालिका निर्वाचन मण्डलको आयोजनामा सम्पन्न भएको थियो ।  कार्यक्रममा विषय प्रवेश गराउँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले माओवादी केन्द्रको वर्तमान अवस्था, जनताले दिएको साथ, शुसासन, र जनपक्षीय कदमलाई व्याख्या गर्नुभयो  ।  
उहाँले माओवादी आन्दोलनको ऐतिहासिक उपलब्धिहरू स्मरण गराउँदै पार्टीलाई अझ सशक्त बनाउन निर्देशन दिनुभयो  । जनताले माओवादी केन्द्रप्रति देखाएको विश्वासलाई अझ मजबुत बनाउन पार्टीले थप जनमुखी नीति र कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले माओवादी केन्द्रले जितेका हरेक स्थानिय तहमा शुसासनको नमुना उजागर गर्नेगरी पार्टीले तयारी थालिरहेको र सोही अनुसार सबैले आफ्नो ठाउँमा लागि पर्न समेत सुझाव दिनुभयो ।उहाँले भ्रष्टाचार निवारण, पारदर्शिता अभिवृद्धि, र जनतासँग प्रत्यक्ष संवाद गर्ने प्रक्रियालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। “हाम्रो सरकार जनताको सेवक हो, हामी कुनै पनि हालतमा शुसासनलाई कमजोर हुन दिन्नौं,” उहाँले स्पष्ट पार्नुभयो। साथै, उहाँले स्थानीय तहमा भएको विकास निर्माण, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा भएका सुधारलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो। पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका आचार्यले माओवादी केन्द्रको स्थायित्व र भविष्य स्थानीय जनसमुदायको साथमा निर्भर रहने बताउँदै जनतासँगको प्रत्यक्ष सम्बन्धलाई अझ मजबुत पार्नुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टी नेतृत्व र जनताबीचको समन्वयलाई प्रगाढ बनाउन सबै तहका कार्यकर्तालाई सक्रिय भएर लाग्न आग्रह गर्नुभयो।
भेलामा बोल्दै उहाँले पार्टीको संगठनात्मक संरचनालाई अझ बलियो बनाउने योजना रहेको जानकारी गराउँदै कार्यकर्ताहरूसँग समन्वय गरी नीति निर्माण गर्ने विषयमा स्पष्ट दृष्टिकोण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले माओवादी केन्द्रलाई पुनः जनताको पहिलो रोजाइको पार्टी बनाउन संगठन विस्तार, सचेतना अभिवृद्धि तथा विचारधारात्मक प्रशिक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो।

माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाको अध्यक्षमा सविराम कामी

476359385_1166112154871827_2387127854477924375_n-1738846710.jpg

यसैविच भेलाले नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाको अध्यक्षमा सविराम कामीलाई सर्वसहमत चयन गरेको छ । पार्टीको निर्वाचन मण्डल,जिल्लाको नेतृत्व र पुस १३ गते सम्पन्न अधिवेशनबाट निर्वाचित सदस्यहरुको विचमा भएको भेलाले कामी सहित ४१ सदस्यीय गाउँ कमिटि सर्वसम्मत चयन गरिएको हो । भेलाले उपाध्यक्षमा मेघबहादुर राना, चित्रा कुमारी दमाई, दामोदर खड्का, सचिवमा गोपिराम थापा, सह–सचिवमा बासुदेव महरा र कोषाध्यक्षमा मालिका खत्रीलाई सर्वसम्मत चयन गरेको छ ।भने अन्य सदस्यहरु रहनुभएको छ । 

476070453_1166113438205032_4908714501519947053_n-1738846583.jpg

नवनिर्वाचित कार्य समितिलाई नेकपा माओवादी केन्द्र दाङ जिल्ला ईन्चार्ज निर्मल आचार्यले ,लुम्विनी प्रदेश सचिवालय सदस्य एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन ,दाङ जिल्ला संयोजक हरिमान पुन , साकार थारु लगायतकाले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको
पत्रपत्रिका बाट