कमिरेचौर -नेपाली काङग्रेसको सयदिने बिशेष अभियान अन्तर्गत आज दाङको बङगलाचुलि गाउँपालिकामा विशेष कार्यकर्ता भेला सम्पन्न भएको छ । नेपाली काग्रेस बंगलाचुली गाउँपालिका सभापती जागेश्वर अधिकारीको शभापतित्व एवं नेपाली काङग्रेसका केन्द्रिय सदस्य प्रकाश रसाईलीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्लै प्रमुख अतथी रसाईलीले नेपाली काङग्रेस पार्टिभित्र ब्यापक एकताको खाँचो रहेको बताउनु भएको छ।पार्टिका अग्रज नेता तथा कार्यकर्ताले आफ्ना पार्टिका कार्यकर्तालाइ सुरक्षा दिन नसकेमा पार्टी ,पार्टिको इतिहास ,सिद्धान्त र बिचार पनि जोगिन नसक्ने भन्दै पार्टी सबै नेता ,कार्यकर्तालाइ यसप्रति सचेत हुन समेत आग्रह गर्नुभयो ।
प्रमुख अतिथी रसाईलिले भन्नुभयो," काङग्रेस भित्रको अहिलेका पुस्ताले क्रान्ति गर्न जरुरी छ ।नेपाली काङग्रेस पार्टिलाइ अनुसाशित कसरी बनाउने ?पार्टिभित्रको गुट बन्दिको न्युनिकरण कसरि गर्ने? नयाँ पुस्तालाइ सामाजिक सन्जालको प्रयोग कसरी सिकाउने? पार्टिको इतिहाँसलाइ नयाँ पुस्तामा हस्तान्तरण , युवाहरुलाइ गर्वका साथ नेपाली काङग्रेस बन्नका निम्ती कसरी योग्य बनाउने? पार्टिको बिभिन्न तहको निति निर्देशनलाई कार्यकर्ताले कसरी अबलम्बन गर्ने भन्ने कुरा सय दिने अभियानको उद्देश्य हो।त्यस्तै पार्टिको बिभिन्न जनवर्गिय तथा भातृ सङ्गठनको अबस्था के कस्तो छ त्यसलाइ चुस्त दुरुस्त र क्रियासिल बनाउन पनि यो अभियानको महत्वपुण भुमिका रहेको छ।"
एक फरक प्रसंगमा बोल्दै उहाँले कुनै पनि चुनाबमा पार्टीले हार वेहोर्न तयार रहेको तर काङग्रेसले अब रुख चिन्ह बाहेक अन्त कहिपनि भोट नहाल्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। कार्यक्रममा संबिधान सभा सदस्य अनिता देबकोटा,लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डे, जिल्ला सभापति शंकरप्रसाद डाँगी, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, जिल्ला प्रतिनिधि कृष्ण प्रसाद सुबेदी, नेपाली कांग्रेसका दाङ क्षेत्रीय २ क का सभापति प्रकाश श्रेष्ठ , महासमिति सदस्य किरण किसोर घिमिरे , पुर्ब जिल्ला सभापति मोहनलाल ओली, पुर्ब जिल्ला सभापति बिकिश्वरी गौतम लगाएतले बोल्नुभएको थियो ।
नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिकाका उपसभापति इन्द्रमणी ओलीको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण पार्टीका गाउँपालिका सचिव बलदेव मल्लले गर्नुभएको थियो ।