Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा न्यानोकपडा बैँक स्थापना गरिदैँ

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकामा न्यानो कपडा बैँक स्थापना गरिने भएको छ । गाउँपालिकामा रहेर विभिन्न सामाजिक कामममा सक्रिय संस्था बंगलाचुली वातावरण तथा दिगो विकास संरक्षण समितिले न्यानो कपडा बैँक स्थापना गर्न लागेको संस्थाका अध्यक्ष शुसिल परियारले जानकारी दिनुभयो ।
 उहाँका अनुसार यही मंसिर २६ गतेका दिन बंगलाचुलीको कमिरेचौरमा न्यानो कपडा बैँकको कार्यालय उद्घाटन गरिनेछ । कपडा बैँक स्थापनका लागि संस्थाले विभिन्न संस्था, कार्यालय, व्यक्तिहरुबाट आर्थिक तथा सहयोग संकलन गरिरहेको अध्यक्ष परियाले जानकारी दिनुभयो । 

यसैविच संस्थाका अध्यक्ष शुसिल परियारले न्यानो कपडा बैँकलाई सहयोग गरिदिन सम्पूर्णमा आग्रह समेत गर्नुभएको छ । उहाँले न्यानो कपडा बैँकमा संकलन भएको कपडा असाहय,विपन्न परिवारलाई निशुल्क वितरण गरिने भएको हुँदा यस सामाजिक अभियानमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले सहयोग गर्न ईच्छुक संस्था, कार्यालय वा व्यक्तिहरुले ९८५७८५५४८६ मा सम्पर्क गर्न समेत सकिने बताउनु भएको छ ।  


 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको