दाङ- लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
स्वास्थ्य क्षेत्रमा स्वयम् सेवाको महत्वपूर्ण योगदानलाई स्मरण गर्दै २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वास्थ्यमन्त्री सारुले सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूमा सम्मान, कृतज्ञता र शुभकामना व्यक्त गर्नु भएको हाे ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य प्रणालीको आधार स्तम्भ बनेर समुदायको स्वास्थ्य सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यमा अतुलनीय भूमिका निर्वाह गरेकाे स्मरण गर्दै स्वास्थ्य मन्त्री सारुले मातृ-शिशु स्वास्थ्य, खोप अभियान, पोषण, परिवार नियोजन, रोग नियन्त्रण लगायतका क्षेत्रमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले पुर्याएकाे योगदान प्रेरणादायी बनेकाे बताउनु भएको छ ।
स्वास्थ्य स्वयंसेवीकाकाे माध्यमबाट स्वास्थ्य सेवाहरू दुरदराजसम्म प्रभावकारी रूपमा पुग्न सकेकाे उल्लेख गर्दै लुम्बिनी प्रदेश सरकार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि, प्रोत्साहन, सेवा सुविधाको सुदृढीकरणमा प्रतिबद्ध रहेको जनाउनु भएको छ ।