Chauthoanga - Nepali News Media
अखिल (क्रान्तिकारी ) दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने 

दाङ- नेकपा( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी ) दाङले ३ महिने विद्यार्थी जागरण अभियान सञ्चालन गर्ने भएको छ । आज घोराहीमा बसेको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमले यस्तो निर्णय गरेको हो ।जसको लागि १० वटै पालिकाको इन्चार्ज तोकिएको छ । 

जसअन्तर्गत राप्ती गाउँपालिकामा विनोद सोनि, राजपुरमा आकाश यादव , बंगलाचुलीमा मधुसूदन गिरी, तुल्सिपुर उपमहानगरपालिकामा हिरालाल वली, लमहिमा भरत भुषाल, दंगिशरणमा भद्र खत्री भुपेश र बबइमा नविक केसीलाई इन्चार्ज तोकिएको छ । यस्तै बैठकले तिलक राज डाँगी, मनोज बुढा र टिकाराम राउतलाई कार्यालय सदस्य तोकेको छ । 

अखिल( क्रान्तिकारी) दाङका अध्यक्ष गोविन्द मल्लको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै नेकपा(माओवादी केन्द्र) दाङका इन्चार्ज निर्मल आचार्यले सर्वप्रथम विद्यार्थीहरु अध्ययनमा अब्बल हुनुपर्ने बताउनुभयो ।विद्यार्थीले हरेक क्षेत्रको बारेमा जानकारी लिनुपर्ने बताउनुभयो ।
उहाँले राजनीतिमा नया शक्ति भनेको नेकपा माओवादी केन्द्र रहेको बताउनुभएको छ ।  अशिल माओवादी प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डामा अगाडि बढेको बताउनुभएको थियो । यस्तै उहाँले विद्यार्थी संगठन पार्टीमा पनि आवद्ध हुनुपर्ने बताउनुभयो ।  

बैठकमा विभिन्न क्याम्पस, तथा पालिका कमिटिका प्रतिनिधिले रिपोर्टिङ गर्नुभएको थियो । कार्यक्रममा संगठनका निवर्तमान केन्द्रीय सदस्य विन्दु खड्का प्रदश उपाध्यक्ष प्रतीक अधिकारी सहितको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण अखिल (क्रान्तिकारी) दाङका सचिव हिरालाल वली जनार्दनले गर्नुभएको थियो।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको