कमिरेचौर-दाङको बंगलाचुलीमा ६ देखि ५९ महिना सम्मका बालकालिकाहरुको पोषण अवस्थाको लेखाजोखा कार्यक्रमको सुरु गरिएको छ । आइडी नेपाल र हेलेन केलर इन्टरनेश्नलको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकामा यो कार्यक्रमको सुरु गरीएको हो । यो कार्यक्रम बंगलाचुली गाउँपालिकाको ८ वटै वडाहरुमा क्रमश: गरिने छ । अहिले बंगलाचुली गाउँपालिका वडा नम्वर ३ र ६ मा सुरुवात गरिएको छ ।
यो समाचार तयार पार्दा सम्म दुईवटा वडाका १ सय २४ वटा वालवालिकाको लेखाजोखा गरिएको वेस संस्था दाङका पोषणमार्फत जिवनरुमान्तरण कार्यक्रममा सामुदायिक परिचालक भिष्म चौधरीले जानकारी दिनुभयो । लेखाजोखा कार्यक्रम कार्यक्रममा एकजना कडा कुपोषण र एकजना मध्यम सिघ्रकुपोषण भएको वालिकाहरु फेला परेको उहाँले जानकारी दिनुभयो ।
लेखाजोखाका क्रममा फेलापरेकाहरुलाई स्वास्थ्य सेवा तथा पोषणयुक्त खानेकुराहरुको व्यवस्था गरीनेछ । कडा कुपोषित भएकालाई उपचारात्मक तयारी खाना र मध्यम सिघ्रकुपोषितलाई सुपरसिरियल प्लस पोषणयुक्त खानाको व्यवस्था गरिने वेस संस्था दाङका पोषणमार्फत जिवनरुमान्तरण कार्यक्रममा सामुदायिक परिचालक भिष्म चौधरीले जानकारी दिनुभयो ।
सन् २०३० सम्म नेपालबाट कुपोषण अन्त्य गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार अहिले बंगलाचुली गाउँपालिकामा पनि यो कार्यक्रमको सुरुवात भएको हो । बंगलाचुली गाउँपालिकामा चैत महिना सम्म बालकालिकाहरुको पोषण अवस्थाको लेखाजोखा गरिनेछ ।
कुपोषणका कारण २५ प्रतिशत बालबालिकामा पुड्कोपन, आठ प्रतिशत बालबालिकामा ख्याउटेपन, १९ प्रतिशत बालबालिका कम तौलका छन् । कुपोषणका कारण बाल विकास नभएका बालबालिकाको सङ्ख्या मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी छन् । सन् २००१ मा भएको अध्ययनअनुसार एक हजार बालबालिकामा ९१ जना कुपोषण प्रभावित हुने गरेको पाइएको थियो ।
दिगो विकास लक्ष्यको बुँदा नम्बर १ र २ लाई पूरा गर्न पनि सन् २०३० सम्म नेपालबाट कुपोषण अन्त्य गर्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिसकेको छ ।