दाङः दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ३ मा अवस्थित बचेनी युवा क्लवको देउसिभैलो कार्यक्रम समापन भएको छ । बचेनी युवा क्लवका अध्यक्ष शुरेस घर्तीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्लै प्रमुख अतिथि बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले संस्कृति जोगाउने कुरामा युवाहरुको प्रमुख भुमिका हुने बताउनुभएको थियो । समाजमा देउसिभौलो समापन जस्तै जमघट बेला बेलामा भइराख्नुपर्ने उहाँले बताउनुभयो ।यस्ले समाजमा आपशी सद्भाव बढ्ने उहाँले बताउनुभयो ।पछिल्लो समय युवाहरुमा दुर्व्यसनी बढेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले यस विषयमा आफु लगायत स्थानिय सरकार जानकार रहेको बताउनुभयो । युवा दुर्व्यसनी रोक्न पालिकाले युवा लक्षित विभिन्न कार्यक्रमलाइ प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
भैलो समापन कार्यक्रमको अवसरमा विपन्न तथा अविभावक गुमाएका बालबालिकालाई शैक्षिक सामाग्रि हस्तान्तरण गरिएको थियो । क्लबका उपाध्यक्ष भोज राज डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा युवा समाजसेवि शुसिल परियार, रेडियो बंगलाचुलीका स्टेशन म्यानेजर जिवन नेपाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सचिव थमन परियारले गर्नुभएको थियो ।