Chauthoanga - Nepali News Media
`सरकारी र निजी अस्पतालबीच गुणस्तरीय सेवा प्रवहमा  प्रतिस्पर्धा बढ्यो´: स्वास्थ्यमन्त्री सारु 

दाङ- लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु मगरले सरकारी र निजी अस्पतालबीच गुणस्तरीय स्वास्थ्य  सेवा प्रवाहमा प्रतिस्पर्धा बढेको बताउनुभएको छ । आज घोराहीमा सम्पन्नभएको नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश समितिको पाँचौं वार्षिक साधारणसभा तथा नेपालमा औषधिको उत्पादन, आयात र बिक्रीवितरण तथा व्यवस्थापनमा देखिएका चुनौतीहरु तीनको न्यूनीकरण सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका स्वास्थ्य मन्त्री खेम सारु मगरले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सुधार आएको भन्दै  सरकारी अस्पताल र निजी अस्पतालबीच गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा प्रतिस्पर्धा बढेको बताउनुभयो ।  उहाँले यो राम्रो पक्ष भएको र  निजी अस्पताल जस्तै बनाउन सरकारी अस्पतालमा पनि सरकारले लगानी बढाएकोमा जोड दिनुभयो । 

स्वास्थ्यमन्त्री सारु मगरले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि ५५ वटा कार्यक्रम अगाडि सारेको र त्योमध्ये १५ वटा लमही घोषणापत्र अनुसार अगाडि बढाएको भन्दै  यो एकसय दिनमा अवधिमा १९ वटा कार्यक्रम सम्पन्न गरेको बताउनुभयो ।  सरकारले केही गरेन भन्ने छ, अहिले संघीय, प्रदेश र स्थानीय गरि तीनवटा सरकार छन्´  उहाले भन्नुभयो  कक्षा १ देखि १२ कक्षासम्म नि: शुल्क र अनिवार्य शिक्षा लागू गर्ने स्थानीय सरकारको भूमिका हो । अस्पतालको जिम्मा हामी प्रदेश सरकारलाई छ  । विपन्न नागरिक सौलियत अनुसार क्यान्सर, मुटु र किड्नीको बिरामीलाई उपचारका लागि  प्रदेश सरकारले दुईलाख दिन्छ ।´

आम नागरिकको लागि स्वास्थ्य विमा राम्रो भएको र  लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको अस्पताल, आयुर्वेद क्षेत्र र स्वास्थ्य कार्मचारीहरुलाई स्वास्थ्य विमामा जोड्ने अभियान अन्तर्गत दुई हजार ६४ जनालाई स्वास्थ्य विमामा आवद्ध गरेको हुँदा अब स्थानीय तहका स्वास्थ्य कर्मचारीलाई स्वास्थ्य बिमामा आवद्ध बनाउ मन्त्री सारुको भनाइ छ । 

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
प्रकाश बुढाथोकीले औषधि व्यवस्था विभागको संरचना र काम गराइ समयक्रमसँगै परिवर्तन, पार्दर्शी र राम्रो काम हुन नसक्दा त्यसको पुर्संरचना गर्न मन्त्रालय लागि परेको बताउनुभयो । उहाँले औषधि व्यवस्था विभागले नै गर्न नसएको हुनाले स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट अब औषधिको मूल्य निर्धारण समिति गर्ने र जो अर्थ मन्त्रालयको विज्ञको संयोजकत्व समिति बनेको जानकारी दिनुभयो ।  

नेपालमा सकारात्मक भन्दापनि नकारात्मक टीका टिप्पणीले ग्रस्त भएको हुँदा औषधि व्यवसायको बारेमा  जबसम्म उपभोक्ता सचेत हुँदैनन् त्यसमा सबैले खेल्ने भएको हुँदा उपभोक्तालाई सचेत बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिनुभयो । 


नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठानका डिन रमेश कँडेल,  निजी अर्गनाइजेसन नेपाल दाङका अध्यक्ष बालाराम शर्मा ,औसधि खरिद संघका महासचिव पवन आचार्य,  उपभोक्ता हक हित संरक्षण मञ्च दाङका किशोर चन्द्र गौतमलगातले नेपालमा औषधिको उत्पादन, आयात र बिक्रीवितरण तथा व्यवस्थापनमा देखिएका समस्या,  चुनौतीहरु र तिनको न्यूनीकरण बारेमा आ-आफ्नो धारणा राखेका थिए । 

संघले वार्षिकोत्सवको अवसरमा  सरकारी र निजी गरि दुईवटा हस्पिटललाई सम्मान गरेको छ । जसअन्तर्गत संघले  सरकारीतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र   निजी अस्पतालतर्फ राप्ती  लाइफ केयर हस्पिटल तुलसीपुरलाई सम्मान गरेको थियो । 

संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष बुद्धि ज्ञावालीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नेपाल औषधि थोक व्यवसायी संघ दाङका अध्यक्ष शेषकान्त ढकाल, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको