कमिरेचौर:दाङको बंगलाचुली गाउँपालिकाले बस्तिस्तरका योजना संकलनको कामलाई निरन्तर जारी राखेको छ । बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि योजना संकलनको थालनी गरेको हो ।
गाउँपालिकाको ८ वटै वडा कार्यालयहरुले अहिले योजनाको संकलन गर्ने कार्यको थालनी गरेको बंगलाचुली गाउँपिकाको कार्यालयले जानकारी दिएकोछ । जस अनुसार आज बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को फाँटा र पुरुङमा वडा भेला तथा योजना संकलनको काम गरिएको छ ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाँटामा वडा सदस्य बाेधे दमाई को अध्यक्षता एवं बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगीको प्रमुख आतिथ्यमा योजना संकलन गरिएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ पुरुङमा वडा सदस्य नारायणी गिरीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगीको प्रमुख आतिथ्यमा योजना संकलन गरिएको हो ।
भने वडा भेलामा स्थानियहरुले सडक विस्तार,भकार सुधार ,मन्दिर निर्माण ,विद्धुत विस्तार,विद्यालय भवन निर्माण लगाएतका योजनाहरु स्थानियले टिपाएका छन् । वडाका टोल टोल बाट संकलित योजनाहरु बंगलाचुली गाउँपालिकाको गाउँसभाले पारित गरि योजनाहरु कार्यान्वयन हुनेछन्।