Chauthoanga - Nepali News Media
नुहाउने क्रममा राप्ती नदीमा डुबेर  दाङमा तीन बालिकाको ज्यान गयो

दाङः दाङको लमही नगरपालिका -२ रनियाँपुरका तीन जना बालिकाहरुको राप्ती नदिमा डुबेर ज्यान गएको छ । लमही नगरपालिका -२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिनुभयो ।

मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन ।

दिउँसो पौने दुई बजेको समयमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर उनिहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको