Chauthoanga - Nepali News Media
बंगलाचुलीमा टिप्पर दुर्घटना ,चालककाे मृत्युु

बंगलाचुली -दाङको बंगलाचुलीमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको  छ । सम्राट सिमेन्ट उद्योगकाे लागि चुनढुङ्गा लिनका लागि जिल्ला सदरमुकाम घोराही वाट बंगलाचुली गाउँपालिका वडा नम्बर ३ थारा तर्फ आउदै गरेको रा १ ख १८५७ नम्बरको खाली टिप्पर दुर्घटना हुदा चालक दाङ गढवा गाउँपालिका – ७ निवासी २९ बर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचाैरले जानकारी दिएकाे  छ ।घोराही–तापासडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका– ४ जुम्लेपानी भन्ने स्थानमा उक्त खाली टिप्पर दुर्घटनामा परेको हाे । टिप्पर  आज  शुक्रबार बिहान १ बजेतिर दुर्घटनामा परेको हुनसक्ने प्रहरीकाे अनुमान छ ।

टिपरमा चालक एक्लै सवार रहेको र दुर्घटनाको कारण खुली नसकेको दाङ प्रहरीले बताएको छ ।  टिप्पर सडकदेखि करिब १०० मिटर तल खसेको थियो । मृतक चौधरीको शब पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।




 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको