Chauthoanga - Nepali News Media
स्व.खेतुलाल स्मृति कपको तयारी पूराः राष्ट्रिय खेलाडी अनुज चनारा पनि सहभागि

कमिरेचौरः भोलि देखि हुने  स्व. खेतुलाल नेपाली (सुरज) स्मृति कप खुल्ला क्रीकेट प्रतियोगीको तयारी पूरा भएको छ । भोलि बिहान उद्घाटन हुने खेलको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपाली काँग्रेसका सक्रिय सदस्य तथा बंगलाचुलीका क्रिकेट खेलाडी समेत रहेका स्व. खेतुलाल नेपालीको जेष्ठ २० गते बंगलाचुलीमा मोटरसाइकल दुर्घटना परि मृत्यु भएको थियो । उक्त नेपालीको सम्झना काभ्रेली एकता समाजले खेलको आयोजना गरेको हो ।

प्रतियोगितामा घोराही–१८ नवलपुरमा रहेको न्यु स्वर्गद्धारी फर्निचर उद्योगले प्रथम पुरस्कार, द्धितिय पुरस्कार घोराही–१५ भरतपुरमा रहेको ब्राईट फ्युचर प्राविधिक शिक्षालय एण्ड ब्राईट फ्युचर कम्प्युटर इन्स्टिच्युट , म्यान अफ द सिरिज न्यु  सिद्दार्थ टांसपोर्ट बंगलाचुली, बेस्ट बलर इभर ग्रीन घोराही र बेस्ट ब्याटसम्यान आर्टी सप्लार्यसले सहयोग गरेको खेल आयोजक समितिको संयोजक बिक्रम डांगीले जानकारी दिनुभयो ।

साथै प्रतियोगितालाई सफल पार्न नेपाली काङ्ग्रेसमा महासमिति सदस्य किरण किसोर घिमिरे , भोजराज पान्डे बंगलाचुली ४ का वडा सदस्य दिपक परियार, नेपाल दलित संघका केन्द्रीय सदस्य तेज बहादुर बिक, समाजसेवी टेक बहादुर थापा, दुर्गा केसी प्रविन केसी र देबेन्द्र गिरीले आर्थिक सहयोग गरेको समेत संयोजक डाँगीले बताउनुभयो ।

यसैविच स्व. खेतुलाल नेपाली (सुरज) स्मृति कप खुल्ला क्रीकेट प्रतियोगीमा कर्णाली प्रदेश बाट सन २०२० देखि प्रधानमन्त्री कप खेलिरहेका तथा विराटनगरबाट इपिएल खेलिसकेका र नेपालको अन्डर १९ को राष्ट्रिय क्याम्प समेत परेका खेलाडी अनुज चनारा र २०२१ मा प्रधानमन्त्री कप खेलेका  खेलाडी गोविन्द विक बचेनी क्रीकेट क्लब बाट प्रतियोगिता खेल्दै छन् ।

बंगलाचुलीमा अहिलेसम्मको ठुलो खेलाडी आएको बंगलाचुली क्रीकेट विकास समन्वय समितिका अध्यक्षले हिमाल महराले बताउनुभयो । अध्यक्ष महराले राष्ट्रिय स्तरका खेलाडीको आगमनले यो प्रतियोगितामा आर्कषक तथा  रनक बढाएको बताउनुभयो । प्रतियोगितामा ९ टिमको सहभागी रहेको छ जस्मा काभ्रे श्रीवारी क्रीकेट क्लब  , जुम्लेपानी क्रीकेट क्लब, भि.आर.सि.सि हर्नोक, अगरा क्रिकेट क्लव घोराही, सप्तरङ्गि क्रिकेट क्लव, पुरुङ क्रीकेट क्लब, बचेनी क्रीकेट क्लब , स्युजा क्रीकेट क्लब र लायन्स क्रीकेट क्लबको सहभागिता रहेको संयोजक डागीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको