Chauthoanga - Nepali News Media
प्रहरीको कमजोरीले मन्त्री र प्रधानमन्त्रीको आलोचना हुने गरेको छः गृहमन्त्री लेखक

काठमाण्डु- गृहमन्त्री रमेश लेखकले बेलाबेलामा सुरक्षा निकायले गर्ने कमजोरीका कारण मन्त्री र प्रधानमन्त्रीले गाली खानुपर्ने अवस्था रहेको बताउनुभएको छ । ६९औँ प्रहरी दिवसका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा मन्त्री लेखकले कमजोरी नहुने गरी काम गर्नतर्फ सचेत हुन प्रहरी नेतृत्वलाई निर्देशन दिनुभयो । 

‘सुरक्षा निकायबाट हुने कमीकमजोरीका कारण नागरिकबाट ठूलो आलोचना हुन्छ मन्त्री वा सरकारको आलोचना हुने अवस्था छ’, लेखकले भन्नुभयो, ‘तसर्थ थप सचेतना, सतर्कता र व्यावसायिकताका साथ काम गर्न म निर्देशन गर्दछु ।’

गृहमन्त्री लेखकले प्रहरी संगठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । राज्यको नागरिकसँग सम्पर्क सूत्र प्रहरी भएको भन्दै नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफ्नो सदैव सहयोगी भूमिका रहने बताउनुभयो । 

 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको