Chauthoanga - Nepali News Media
प्राधिकरणको ताकेता : ४९ वटा उद्योगलाई आउँदो कात्तिक ८ गतेभित्र बक्यौता बुझाउन अनुरोध

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगको सूची सार्वजनिक गर्दै आउँदो कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न ४९ वटा उद्योगलाई पुनः ताकेता गरेको हो । यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीले महसुल तिर्न अटेरी गर्दै आएका छन् । आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको