Chauthoanga - Nepali News Media
सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुल्यो

काठमाडौँ- सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेको छ। आज  नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा खुला भएको जानकारी गराएको हो।

दूतावासले डिभी भिसा बुधबार राति ९ बजेर ४५ मिनेटबाट खुल्ने जानकारी गराएको छ।आज खुलेको डिभी भिसा कात्तिक २० गते नेपाली समय अनुसार रातको १०:४५ बजे बन्द हुनेछ।

डिभी कार्यक्रममा सहभागी हुनेले निःशुल्क फारम भर्न सक्नेछन्।अमेरिकी दूतावासले अनलाइन फारम आफै भर्न अनुरोध गरेको छ।
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको