Chauthoanga - Nepali News Media
अविरल वर्षासँगैको बाढी, पहिरोमा परी अहिलेसम्म १० जनाको ज्यान गयो

काठमाण्डौ – अविरल वर्षासँगैको बाढी, पहिरोमा परी अहिलेसम्म १० जनाको ज्यान गएको छ । ११ जना बेपत्ता भएका छन् । सात सय ६० जनाको सकुशल उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

काभ्रेमा तीन जना, पाँचथर र धनकुटामा दुई/दुई जना तथा धादिङ, काठमाण्डौ र ललितपुर एक/एक जना गरी १० जनाले ज्यान गुमाएका छन् ।

थप क्षतिको विवरण आउन बाँकी छ । सबैजसो राजमार्ग, मुख्य सडकमार्ग अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको केन्द्रीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको