Chauthoanga - Nepali News Media
दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने

कमिरेचौर -दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने भएको छ ।विगत लामोसमय देखि सर्पको खोज तथा उद्धार कार्यमा लागि अहिले सर्पहरुको वैज्ञानिक अध्ययनमा लाग्नुभएका घोराही निवासी वसन्त सुवेदीले गाउँपालिकाको आठवटै वडाहरुमा पाईने सर्पको अनुसन्धान गर्न लाग्नु भएको हो । 

बंगलाचुली गाउँपालिकामा सर्पकोहरुको विषयमा कुनैपनि अध्ययन अनुसन्धान नभएको र नयाँ प्रजातिका सर्पहरु रहने सम्भावनाका कारण बंगलाचुली गाउँपालिकामा सर्पहरुको अध्ययन गर्न लागिएको अनुसन्धानकर्ता वसन्त सुवेदीले जानकारी दिनुभयो । सुवेदीले बंगलाचुली गाउँपालिकामा असोज महिनाभरी सर्पहरुको अध्ययन अनुसन्धान गरिने बताउनुभयो ।

यसैविच सर्पअनुसन्धानकर्ता वसन्त सुवेदीले बंगलाचुली गाउँपलिकाको जुनसुकै वडाको टोलहरुमा सर्प देखिए आफुलाई फोन सम्पर्क गर्न सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो सम्पर्क नम्वर एनटिसी प्रयोग कर्ताहरुले ९८६२४१५०५५ मा र एनसेल प्रयोगकर्ताहरुले ९७०८२३५३८९ मा सम्पर्क गर्नु अनुरोध समेत गर्नुभएको छ । 

यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनगरले गाउँपालिकामा सर्पको अनुसन्धान हुन लागिरहेको र त्यसका लागि सबै गाउँपालिकावासीले अनुसन्धानकर्तालाई सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । अध्यक्ष पुनले सर्पको अनुसन्धानले गाउँपालिकालाई  सुरक्षा,पर्यावरणीय महत्व र मानव सर्प द्वन्दलाई न्यूनिकरणका लागि सहयोग पुग्ने बताउनु भएको छ । उहाँले गाउँपालिकाको ८ वटै वडाहरुमा सर्पको वैज्ञानिक तवरवाट अनुसन्धान हुने भएकाले वडाका जनप्रतिनिधिहरुलाई पनि अनुसन्धानकर्तालाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको