Chauthoanga - Nepali News Media
मिर्गौला पिडित मनिसालाई आर्थिक सहयोग संकलनः संकलित रकम हस्तान्तरण

कमिरेचौरः विगत केहि महिनादेखि मिर्गौलाको उपचार गराइरहनुभएका दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ७ लाहापे निवासी २५ बर्षिय मिर्गौला पिडित मनिशा सारु मगरलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग जुटेको छ ।बंगलाचुली ५ का इमान सिंह घर्ति मगरको पहलमा दाङ सहित विभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा दक्षिण कोरिया कोरिया पुगेका व्यक्तिहरुले आर्थिक सहयोग गर्नुभएको हो । जसअन्तर्गत बंगलाचुलीका इमान सिंह घर्ती मगरले १ लाख ५० हजार कोरियन वन, तिलक बहादुर पुन मगरले पनि १ लाख ५० हजार, घोरहिका तुल बहादुर पुनले १ लाख ५० हजार, बंगलाचुलीका तकमान सिंह घर्तीले १ लाख, झग्गु प्रसाद वलीले १ लाख, खगेश्वर वलीले १ लाख, जगत घर्ती मगरले ६० हजार, प्रकाश घर्ती मगरले ५० हजार, प्युठान माण्डबीका खिमान सिंह पुन मगरले ५० हजार, बंगलाचुलीका यंक राज पुन मगरले ५५ हजार ५ सय ५५, अर्जुन खत्रीले ५० हजार, हर्क बुढा मगर ५५ हजार ५ सय ५५, घोराहीका गोपाल पुन मगरले १ लाख, थमन बुढा मगरले ५१ हजार, बंगलाचुलीका गणेश ओलीले ५० हजार, हेमकुमार वलीले ३० हजार, भानुभक्त वलीले ३० हजार, सुरेश वलीले ३० हजार, निराजन महराले ३० हजार , केशव वलीले ३० हजार, मधु वलीले ३० हजार, मनोज वलीले ३० हजार, नवीन घर्ती मगरले ३० हजार, श्री साप्कोटाले ३० हजार, किरण वलीले ३० हजार, चुमान सिंह बुढा मगरले ३० हजार, खिमान थापाले ३० हजार , भेषराज बुढा मगरले ५० हजार, खुम ठेडि मगरले ३५ हजार ५ सय ५५ गिरबहादुर बुढा मगरले ६६ हजार ६ सय ६६ कोरियन वन सहयोग गर्नुभएको छ ।

यस्तै बंगलाचुलीकै ठाकुर डाँगीले ३० हजार, मीन थापा मगरले ५५ हजार, कुबेर पुन मगरले ५० हजार, प्युठानका बोम अधिकारीले २० हजार, गुल्मिका याम खड्काले २० हजार, गुल्मिकै याम पाण्डेले २० हजार, बंगलाचीका इमासुन्दर घेती मगरले ३० हजार, बंगलाचुलीका टङ्क घर्ती मगरले २० हजार २४, रोल्पाका हेमन्त बुढाले २५ हजार, ओखलढुङ्गाका नेत्र खुदुङले २५ हजार, इलामका सुवास तमुले २५ हजार, पाँचथरका  दुमान राइले २५ हजार, पर्वतका गणेश रिजालले ५१ हजार, पाँचथरका सन्दिप योङहाङले ३० हजार, संखुवासभाका सनोष लिम्बुले ३० हजार, काठमाण्डौका प्रकाश खड्काले २० हजार, अर्घाखाँचीका बालकृष्ण पौडेलले २० हजार, बुटवलका खिम रानाले २० हजार, नुवाकोटका अभिषेक तामाङले १० हजार, बंगलाचुलीका पुर्ण वलीले ५० हजार, बंगलाचुली कै ओविराम महराले २१ हजार, रुकुमका नारायण पुन मगरले ३० हजार, दोलखाका निरज बस्नेतले २० हजार, ताप्लेजुङका कृतम थेबेले १५ हजार, बाग्लुङका इश्वर पौडेलले २० हजार, बाग्लुङकै राम शर्माले २० हजार, दैलेखका राजेन्द्र विष्टले १५ हजार, नवलपरासीका मित्र पराजुलीले १० हजार, र गुल्मिका रमेश बस्नेतले १० हजार कोरियन वन गरी जम्मा २५ लाख २१ हजार ३ सय ५५ कोरियन वन अर्थात २ लाख ५१ हजार ३ सय ८२ रुपैया नेपाली सहयोग संकलन भएको छ । उक्त संकलित रकम बंगलाचुली गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत सहित जनप्रतिनिधि र कर्मचारीको रोहबरमा आफन्तलाई हस्तान्तरण गरिएको छ ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, उपाध्यक्ष भक्त बहादुर जिसि, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर २  का अध्यक्ष विष्णु कवर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, ५ का अध्यक्ष लिला बहादुर घर्ती, आर्थिक प्रशासन शाखा प्रमुख नारायण आचार्य सहित कार्यपालिका सदस्यहरु र कर्मचारीको उपस्थितिमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले मिर्गौला पिडित मनिशा सारु मगरका हजुरबुबा देबिराम सारु मगरलाइ हस्तान्तरण गर्नुभएको हो । पिडित मनिसाको अहिले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको