Chauthoanga - Nepali News Media
भायनेटको चाडपर्व विशेष (भायनेट महोत्सव उपहार) उच्च गतिको इन्टरनेट विशेष छुटमा

दाङ- इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा "भायनेट महा महोत्सव" अफर सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै इन्टरनेट सेवामा थप गति, बचत, र रोमाञ्चक अफरहरू समेटेर यो योजना सार्वजनिक गरेको जनाएको छ।

"भायनेट महा महोत्सव" अन्तर्गत ग्राहकहरूले वार्षिक रु. ८,९९९ मा १२५ एमबीपीएस इन्टरनेटको सट्टा २०० एमबीपीएस गतिको इन्टरनेट सेवा प्राप्त गर्न सक्ने भायनेट कम्युनिकेसन घोराहीका शाखा प्रबन्धक जेपी केसीले जानकारी दिनुभयो  । भायनेटले हाल १२५ एमबीपीएस वार्षिक ग्राहकहरूलाई पनि स्वचालित रूपमा २०० एमबीपीएसमा अपग्रेड गरिसकेको छ। यो अफरले ग्राहकहरूको इन्टरनेट अनुभवलाई अझ तीव्र र सुविधाजनक बनाउने अपेक्षा गरिएको केसीले बताउनुभयो ।

कम्पनीले  ग्राहकहरूको घरभरि गुणस्तरीय  वाईफाई कवरेज विस्तार गर्न ZTE Mesh Wi-Fi राउटरमा विशेष अफर ल्याएको छ। ग्राहकहरूले दुईवटा Mesh Wi-Fi सेटलाई केवल एकको मूल्यमा प्राप्त गर्न सक्नेछन्, जसका लागि भ्याटसहित थप रु. ३,००० तिर्नुपर्नेछ। यो Mesh Wi-Fi अफर २०० एमबीपीएस वा माथिका वार्षिक ग्राहकहरूको लागि मात्र उपलब्ध  रहेको प्रबन्धककेसीले बताउनुभयो। उक्त उपकरणले घरभरि इन्टरनेट कवरेजलाई अझ राम्रो बनाउन सहयोग पुर्‍याउनेछ, जसले गर्दा ग्राहकहरूले कुनै पनि कुनामा उच्च गतिको Wi-Fi सेवा प्राप्त गर्न सक्नेछन्।

यसका साथै, भायनेटले तीन महिना भन्दा माथि नवीकरण गर्ने वा नयाँ जडान गर्ने ग्राहकहरूलाई Hisense ब्रान्डका इलेक्ट्रोनिक्स सामानहरूमा २८% सम्मको छुट दिने योजना पनि ल्याएको केसीले जानकारी दिनुभयो। यो अफर अन्तर्गत हिसेन्स कम्पनीको टिभी, फ्रिज, वासिङ मेसिन लगायतका सामानहरूमा ग्राहकहरूले विशेष छुट प्राप्त गर्न सक्नेछन्।

हिसेन्सको ३२ इन्चको स्मार्ट एलइडी टिभी  रु. ३५,००० को सट्टा रु. २५,२०० मा, ४३ इन्चको स्मार्ट एलइडी टिभी रु. ५५,००० को सट्टा रु. ३९,६०० मा, र ५५ इन्चको स्मार्ट एलइडी टिभी रु. १,११,००० को सट्टा रु. ७९,९२० मा उपलब्ध हुनेछ।

यसका साथै, हिसेन्सको डबल डोर फ्रिज (२३५ लिटर) रु. ४९,००० को सट्टा रु. ३६,७५० मा उपलब्ध हुनेछ, साथमा रु. ३,७५० मूल्यको HAVELS टोस्टर निःशुल्क दिइनेछ। हिसेन्सको ८ किलोको वासिङ मेसिन रु. ६८,५०० को सट्टा रु. ५१,३७५ मा प्राप्त गर्न सकिन्छ, साथै HAVELS टोस्टर निःशुल्क रूपमा प्राप्त हुनेछ।

कम्पनीका अनुसार, "भायनेट महा महोत्सव" अफरले ग्राहकहरूको इन्टरनेट अनुभवलाई मात्रै होइन, इलेक्ट्रोनिक्स खरिद अनुभवलाई पनि अझ रोमाञ्चक बनाउनेछ। भायनेटले ग्राहकहरूको इन्टरनेट आवश्यकतामा आधारित सेवाहरू र हिसेन्स जस्ता गुणस्तरीय ब्रान्डका सामानहरूमा छुट दिँदै चाडपर्वलाई अझ विशेष बनाउन सहयोग पुर्‍याउनेछ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको