Chauthoanga - Nepali News Media
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटायो,सेवा प्रदायकहरूलाई प्राधिकरणले भन्यो– अब टिकटक चल्ने बनाउनू

काठमाडौं - नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।

यही भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो । तर, औपचारिकरूपमा जानकारी नपाएपछि केही सेवा प्रदायकहरूले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन् ।

 

 

गत वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

tiktok-1725611239.JPG

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको