Chauthoanga - Nepali News Media
टिआरसी विधेयक पारित भएसँगै द्वन्द्वपीडितलाई न्याय दिने बाटो खुलेको छ : पूर्वमन्त्री शर्मा

दाङ - पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले टिआरसी विधेयक पारित भएसँगै द्वन्द्वपीडितलाई न्याय दिने बाटो खुलेको बताउनुभएको छ । उहाँले सङ्क्रमणकालिन न्यायले बाँकी काम टुङ्गो लाग्ने र देश समृद्धिको अभियानमा अघि बढ्ने समेत बताउनुभएको छ । प्रेस सेन्टर दाङ शाखाले आज शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै शर्माले लामो समयपछि राजनीतिक दलहरुका बिच भएको सहमति अनुसार विधेयक पास भएसँगै १२ बुँदे सहमति अन्त्य हुने र देश समृद्धिको यात्रमा अघि बढ्ने बताउनुभयो । 

विधेयक पारितसँगै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्ने बाटो खुलेको भन्दै यसले द्वन्द्वका क्रममा पीडित बनेका परिवारलाई न्याय दिने बताउनुभयो ।पूर्वमन्त्री शर्माले भन्नुभयो, ‘‘राजनीतिक दलहरुका बिचमा कुरा नमिल्दा लामो समयसम्म सङ्क्रमणकालिन न्यायको कामले टुङ्गो पाउन सकेको थिएन । तर अब विधेयक पास भएसँगै बाँकी काम टुङ्गो लाग्ने र देश  समृद्धिको यात्रामा अघि बढ्ने छ ।’’

शर्माले आफ्नो पार्टीले नेतृत्वको सरकारले सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम गरेको भन्दै यसलाई जनताले मूल्याङ्कन गरेको बताउनुभयो । देशलाई लोडसेडिङ मुक्त बनाउनेदेखि भ्रष्टाचार, अनियमिताका ठुला फाइल खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको उहाँको भनाइ छ ।

माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालयले अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेको भन्दै उहाँले भन्नुभयो, ‘‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पु¥याउने बनाएका छौ । भूटानी शरणार्थी, लालिता निवास, सुन काण्डलगायतका ठुला फाइल खोल्दै दोषीलाई पक्राउ गरेर जनतालाई सुशासनको प्रत्याभूती दिलाउने कामको सुरुवात गरेका छौँ ।’’

त्यसैगरी, घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पुर्याघउने काम आफ्नो नेतृत्वमा भएको भन्दै उहाँले जनताले बुझ्ने बताउनुभएको थियो । 


 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको