Chauthoanga - Nepali News Media
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं -  एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने छ ।

बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका कार्यसूची तय गरेको थियो । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 


बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त कार्यक्रम २०८४ को चुनाव लक्षित हुने केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताउनुभयो । 

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको