Chauthoanga - Nepali News Media
नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक डाक्नु भएको हो । 

बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा आज बिहान नौ बजे बोलाइएको छ । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले संशोधित प्रस्ताव गर्नुभएको छ।  जसमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको