Chauthoanga - Nepali News Media
टीआरसी विधेयक  राष्ट्रपति कार्यालयमा


काठमाडौँ -   संक्रणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) लाई राष्ट्रपति कार्यालयमा पठाईएको छ । सो विधेयकलाई राष्ट्रपति बाट प्रमाणीकरणको लागि त्याहाँ पठाईएको हो । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दिएको जानकारीअनुसार सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपति कार्यालयमा पठाईएको हो । सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मत पास भएको यो विधेयक २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले  सहमति जुटाएका थिए । त्यसपश्चात् समितिबाट सदनमा पुग्दै दुवै सदनले विधेयकलाई सर्वसम्मत पारित गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको