Chauthoanga - Nepali News Media
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ - दाङमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ । घरछेउमा रहेको गोठको छानामा फलेको तरकारी टिप्ने क्रममा आज बिहान करेन्ट लाग्दा घोराही उपमहानगरपालिका–१२ डाडागाउँका ६८ बर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । गोठको छानामा फलेको लौका टिप्नका लागि चढेको समयमा नजिकै रहेको सप्लाई तारले छुँदा करेन्ट लागेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको