Chauthoanga - Nepali News Media
भारत सरकार द्वारा एन्टिबायोटिक, पेनकिलर र मल्टिभिटामिनलगायत १५६ फिक्स डोज संयोजित औषधिमा प्रतिबन्ध

काठमाडौं- भारत सरकारले बिहीबार ज्वरो र रुघाखोकीका लागि प्रयोग हुने एन्टिबायोटिक, पेनकिलर र मल्टिभिटामिनलगायत १५६ फिक्स डोज संयोजित औषधिमा ‘मानिस स्वास्थ्यका लागि जोखिम हुनसक्ने’ भन्दै प्रतिबन्ध लगाएको छ। निश्चित-डोज संयोजन (एफडीसी) औषधिहरू,  दुई वा बढी औषधिको संयोजन गरिएका हुन्छन्। तिनीहरूलाई 'ककटेल' ड्रगहरू पनि भनिन्छ।

औषधि र सौन्दर्य प्रसाधन ऐन १९४०  को धारा २६ ए अन्तर्गत यी औषधिहरूको उत्पादन, बिक्री र वितरण निषेध गर्ने सूचना  राजपत्रमा जारी गरिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले भनेको छ, 'यस विषयमा केन्द्र सरकार र डीटीएबीद्वारा गठित विशेषज्ञ समितिले जाँच गरेको थियो। 

प्रतिबन्धको सूचीमा  'एसेक्लोफेनाक ५० एमजी + पारा सिटामोल १२५ एमजी ट्याब्लेट' पनि समावेश छ। यो ठूला औषधि कम्पनीहरुद्वारा निर्मित दुखाइ कम गर्ने औषधिहरूको लोकप्रिय संयोजन मध्ये एक हो।

सूचीमा मेफेनामिक एसिड पारासिटामोल इन्जेक्शन, सेटिरिजिन एचसीएल पारासिटामोल फेनिलेफ्राइन एचसीएल, लेभोसेटाइरिजिन फेनिलेफ्राइन एचसीएल पारासिटामोल, पारासिटामोल क्लोरफेनिरामाइन मेलेट फेनिल प्रोपानोलामाइन र क्यामिलोफिन डाइहाइड्रोक्लोराइड 25 मिलीग्राम प्यारासिटामोल ३०० एमजी समावेश छन्।

सरकारले पारासिटामोल, ट्रामाडोल, टोरिन र क्याफिनको मिश्रणमा पनि प्रतिबन्ध लगाएको छ। ट्रमाडोल ओपियोइड आधारित दुखाइ निवारक औषधि हो। यी विभिन्न औषधिको संयोजनबाट बनेका औषधिको प्रयोगले स्वास्थ्यलाई जोखिममा पार्ने सम्भावना छ, जबकि उक्त औषधिको सुरक्षित विकल्पहरू उपलब्ध छन्,' राजपत्रमा उल्लेख छ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको