Chauthoanga - Nepali News Media
तनहुँमा यात्रुवहाक वस दुर्घटना हुँदा १४ जनाको मृत्यु

तनहुँ — तनहुँमा यात्रुवहाक वस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तनहूको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आज भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको हो ।  सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ ।


दुर्घटनामा स्थलबाट १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको डीएसपी थापाले बताउनुभयो ।  आज शुक्रबार बिहान पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा अन्दाजी ४० भारतीय पर्यटक रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन ।

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । बस मर्स्याङ्दी नदी किनारमा पल्टिएको अवस्थामा रहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको