Chauthoanga - Nepali News Media
जनप्रगतिशिल मन्च दक्षिण कोरियाको छैठौं राष्टिय अधिवेशन सम्पन्न

नेकपा(माओवादी केन्द्र) निकट जनप्रगतिशिल मन्च दक्षिण कोरियाको छैठौं राष्टिय अधिवेशन सम्पन्न भएको छ । समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरु द्वारा  बैधानिक विप्रेषण । प्रवासबाटै मताधिकार प्राप्तिको माग सहित हाम्रो छैटौं राष्ट्रिय अधिवेशन भन्ने मुल नाराका साथ अधिवेशन सम्पन्न भएको हो ।  नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पुर्ब मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यता र नेकपा(माओवादी केन्द्र) केन्द्रिय सदस्य ओम शर्माको विषिष्ट आतिथ्यतामा नेपाली जनप्रगतिशिल मन्च दक्षिण कोरियाको छैठौं राष्टिय अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले जीवन खतिवडाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा धनकुटाका रुद्र थापा उपाध्यक्षमा नुवाकोटका बिबि स्याङ्तान, भोजपुरका नवीन परियार, कैलालीका मान बहादुर बिष्ट र नुवाकोटका राजेन्द्र फुयाल चयन हुनुभएको छ । 

यस्तै महासचिवमा रोल्पाका सुबिन्द्र मगर, सचिवमा पाँचथरका सुरेन्द्र लावती, कालिकोटका चरित्र शाहि, वैतडिका रामदेव बिष्ट, इलामका दावाफिन्जो तामाङ र कैलालीका हरि शाही चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा दार्चुलाका रुक्मा बम चयन हुनुभएको छ । सदस्यहरु गिरबहादुर बुढामगर( दाङ), दिवस घर्ती मगर(बाँके), मौसम बम्जन, नविशा लावती (पाँचथर), नहकुल राई(भोजपुर), चक्र महतारा(बाजुरा), जिवि सुनुवार(बाजुरा) र दशरथ कुवर रहनुभएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको