Chauthoanga - Nepali News Media
दाङमा सर्पको टोकाईबाट बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

दाङ- दाङमा सर्पको टोकाइबाट एक वालिकाको ज्यान गएको छ भने उनको आमा गम्भीर घाइते भएकी छिन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा मंगलवार राती करिव एक बजेको समयमा करेत सर्पले टोक्दा ६ वर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।  

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पले टोकेर गम्भीर घाइते इन्दुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा विहान ५ बजे मृत्यु भएको थियो । सुरुमा गाउँमा गुरुवाको भर परेर झारफुक गर्दा निको नभएपछि परिवारले अस्पताल लगेर उपचार गर्ने क्रममा इन्दुको मृत्युको भएको थियो । 

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पको टोकाइबाट गम्भीर घाइते बालिकाकी आमा २५ वर्षीय आश्मा चौधरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको छ ।  सर्पले सुतेको समयमा इन्दुको टाउको र  आश्माको दायाँ हातमा टोकेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको