दाङ- घोराही उपमहनगरपालिका वडा नम्बर १८ का १० जना बालबालिकाहरुलाई सहयोग गरिएको छ । नेपाल मलिहा सामुदायिक सेवा केन्द्रले एक कार्यक्रमको आयोजना गरि आधारभुत विद्यालय गिठेपानी घोराही १८ का १० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । बालबालिकाहरुस्कूल ब्याग, एक दर्जन कापी र कलम वितरण गरिएको थियो ।
त्यस अवसरमा जलवायु अनुकुलन सम्बन्धी सचेतना पनि गरिएको थियो । नेपाल महीला सामुदायिक सेवाकेन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा संचालित सामुदायिक सुरक्षाजालो कार्यक्रम अन्र्तगत कार्यक्रम आयोजना गरिएको हो । जलबायु परिर्बतनले पार्ने असर र न्युनिकरणका बिषयमा सचेतिकरण गरिएको हो ।
विधालय ब्यबस्थापन समितिका अध्यक्ष दिनेश वलीको अध्यक्षता तथा नेपाल महीला सामुदायिक सेवाकेन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको प्रमुख आतिथ्यता तथा बिधालय ब्यबस्थापन समितिका निर्बतमान अध्यक्ष केशर बहादुर रावतको बिशिष्ट आतिथयतामा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नपालमहीला सामुदायिक सेवाकेन्द्रदाङका अध्यक्ष कल्पना न्यौपानेले २०५० सालमा स्थापना भएको सस्थाले बिपन्न बालबालिकाको शिक्षाको क्षेत्रमा सक्दो सहयोग गर्दे आएको बताउनुभयो ।
उहाँले सस्थाको सानो सहयोगले पनी बिधार्थीहलाई शिक्षाआर्जनमा हौसला प्राप्त हुने भएकाले सस्थाले शैक्षिक समाग्री बितरण गर्न बिधालयमा आएको बताउनु भयो । बिधालयका प्रध्यानाध्यापक गिरीराज भट्राइले सदरमुकाम नजीक रहेको आधारभुत बिधालय गिठेपानी बत्तीमुनीको अध्यारो जस्तै भएरअभाबका बिचमा पठनपाठन सचालन गरेको बताउनु भयो ।
उहाँले सामुदायिक बिधालय गिठेपानीमा अध्यनरत अधिकाश बिधार्थीहरु बिधालयको पोशाक सम्म किन्न नसक्ने अबस्थामा रहेको र विद्यालय पोशाकका कारण बालबालिकाहरुले बिधालय छाड्ने अबस्था रहेको बताउनुभयो ।
घोराहीको जिल्ला सदर मुकाममा भित्र रहेको आधारभुत बिद्यालय गिठेपानीमा अध्यनरत बालबालिकाहरु मध्य अधिकाश विद्यार्थीहरु कमजोर आर्थिक अवश्थाको भएका कारण विद्यार्थीहरुको पठन पाठनमा हौसला प्रदान गर्न नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङले प्रदान गरेको शैक्षिक सहयोगले बालबालिकाहरुमा हौसला थपेको प्रधानाध्यापक भट्राईको भनाई थियो ।
सो अबसरमा बिधालय ब्यबस्थापन समितिका निर्बतमान अध्यक्ष केशर बहादुर रावत, नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतल, युवा नेता तथा गायक शरद समिप लगाएतले बिधार्थिहरुलाई मिहेनतीर लगनशिल भएर शिक्षाआजर्न गर्न सके भोलिको भविष्य सुखद् हुने बताउनुभयो । सामुदायिक सुरक्षाजालो कार्यक्रमका संयोजक लिला शाहको बिषय प्रबेशबाट शुरु भएको कार्यक्रमको सहजिकरण मनोविमर्शकर्ता लक्ष्मीढकालले गर्नुभएको थियो ।