Chauthoanga - Nepali News Media
दाङको गोरखा स्कूलका उत्सव कक्षा १२ मा जिल्ला प्रथम

दाङ- राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीका उत्सव घिमिरे जिल्ला प्रथम हुनुभएको छ ।

आज शुक्रबार सार्वजनिक भएकाे नतिजामा घिमिरे ३.९६ जिपिए प्राप्त गरी जिल्ला प्रथम हुनुभएको हाे ।

याे समाचार तयार पार्दासम्म जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयमा सबैभन्दा बढी जिपिए घिमिरेकाे रहेकाे छ ।

घिमिरे २०७८ काे माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पनि ३.९५ जिपिए प्राप्त गरी जिल्ला प्रथम भएका थिए ।

यसअघी घिमिरे कान्तिपुर टेलिभिजनद्वारा आयोजित "स्पेलिङ बी" प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत लाखौं विध्यार्थीहरुलाई उछिन्दै नेपालकै दोस्रो स्थान हासिल गर्न सफल हुनुभएको थियोे  ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको