Chauthoanga - Nepali News Media
दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दाङ -  दाङमा अविरल वर्षा पछी स्थानिय खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।  दाङको शान्तिनगर गाउँपालिका–४ को चिराघाट खोलाले बगाउँदा तुलसीपुर उपहानगरपालिका–२ झारगाउँका ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो।
        
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरका दाजुभाइ झारगाउँबाट शान्तिनगर – ४ गिदनियामा आफन्तको घरमा भेटघाट गरी फर्किंदै थिए।

दुबै दाजुभाइले आज दिउँसो साढे १२ बजेतिर सँगै चिराघाट खोला तर्ने क्रममा त्यसमा आएको बाढीले बगाएको थियो। तर, ६४ वर्षीय भाइ चेतबहादुर भण्डारी भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ।

तेजबहादुरको शव बगेको ठाउँभन्दा एक किलोमिटर दक्षिणमा फेला परेको थियो। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याईको छ । 


 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ००:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको