Chauthoanga - Nepali News Media
लोकतन्त्रलाई सही बाटोमा लैजान कांग्रेस र एमाले मिल्यौं: शंकर पोखरेल

घाेराही - नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई सही बाटोमा लैजान कांग्रेस र एमाले मिल्नु परेको बताउनुभएकाे छ । गृह जिल्ला दाङमा आज बिहान आयोजित पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएकाे हाे ।

उहाँले तीन प्रतिशत भोट पाउँदा राष्ट्रिय पार्टी हुने तर १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन कानुन नमिल्दो भएको बताउनुभयाे ।

महासचिव पोखरेलले भन्नुभयाे, ‘डेढ प्रतिशत भोट ल्यायो भने प्रादेशिक पार्टी हुन्छ, तीन प्रतिशत भोट ल्यायो भने राष्ट्रिय पार्टी भइहाल्छ । तर हाम्रै निर्वाचन कानुनले के भन्छ भने व्यक्तिका हकमा १० प्रतिशत भोट ल्याएन भने जमानत जफत हुन्छ । मिलेको छ त ?’

लोकतन्त्र बलियो बनाउने हो भने यस्ता नमिल्दा कानुन संशोधन हुनुपर्ने उहाँको भनाइ छ । यस्ता नमिल्दा विषय मिलाउन र लोकतन्त्र बलियो बनाउन कांग्रेस–एमालेबीच गठबन्धन भएको महासचिव पोखरेलले बताउनुभयाे ।

लोकतन्त्रको स्थायित्वमा दलहरु जिम्मेवार हुनुपर्ने उहाँको भनाई छ ।

प्रेस चौतारी, दाङद्वारा घोराहीमा मङ्गलबार आयोजित कार्य्रकममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई मुख्यमन्त्री निर्वाचित भएकोमा बधाई दिनुहुँदै नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल ।  तस्बिर : कुलदीप न्यौपाने

प्रेस चौतारी, दाङद्वारा घोराहीमा मङ्गलबार आयोजित कार्य्रकममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई मुख्यमन्त्री निर्वाचित भएकोमा बधाई दिनुहुँदै नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल । तस्बिर : कुलदीप न्यौपाने

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको