Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा एक सय आठ जोडी बर पिपल लगाईदै

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकामा एक सय आठ जोडी बर पिपल लगाईने भएको छ ।  गाउँपालिकाको वडा नम्वर एक र दुईको विचमा पर्ने धिमधिमे पर्यटकीय स्थल परिसरमा साउन १६ गते एकादशीको दिन बृहत वृक्षारोपण कार्यक्रम अन्तरगत १ सय ८ जोडी वरपिपल साथै अन्य प्रजातिका बोटबिरुवा रोप्ने कार्यक्रम तय भएको वडा नम्वर दुईका अध्यक्ष एवं संयोजक मैते पुन मगरले जानकारी दिनुभयो । 

बङगालाचुली गाउपालिका वडा नं १ र २ धिमधिमे पर्यटकीय प्रबर्द्धन क्षेत्र बिकास संरक्षण समितीको आयोजनामा वृक्षारोपण कार्यक्रम गर्न लागिएको हो ।यसैविच वडा अध्यक्ष मैते पुनले १६ गतेका दिन धिमेधिमेमा हुने वृक्षारोपण कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध समेत गर्नुभएको छ ।वृक्षारोपण कार्यक्रम विहान ११:०० बजे बाट सुरु हुने उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको