Chauthoanga - Nepali News Media
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक

काठमाडौँ - सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक पुगेको बताईएको छ । आज सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिब टुङ्ग्याउने चरणमा पुगेको बताउनुभयो । उहाँले बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरूसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो । 

उहाँले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभईकन सिङ्गो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्गोमा पु¥याउनुपर्ने जानकारी दिनुभयो । अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले कानुनलाई अब चाँडो भन्दा चाँडो टुङ्ग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको बताउनु भयो । कार्यदलको अर्को बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको