कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ६ ठुलो बचेनिमा रहेको खानेपानी योजना आजदेखि सञ्चालनमा आएको छ । विगत ५/६ बर्षदेखि अलपत्र अवस्थामा रहेको आयोजना मर्मत संभार पछि पुनः सञ्चालनमा आएको हो । पुर्ववर्ती सरकारको पालामा खानेपानी डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा योजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएपनि विविध कारणले बन्द हुन पुगेको थियो । झण्डै तिन बर्ष जति मात्र सञ्चालन भइ योजना बन्द हुँदा दर्जनौ उपभोक्तालाइ पानि बोकेरै पिउनुपर्ने बाध्यता रहेको थियो । घोराही मुर्कुटी सडक खण्ड कालोपत्रे हुदाँ गाउँ गाउँमा सडक विस्तार जस्ता कारणले योजना बन्द भएको स्थानियले बताएका छन ।
अहिले स्थानिय खानेपानी उपभोक्ता समिति, स्थानिय जनप्रतिनिधि, वडा कार्यालय, बंगलाचुली गाउँपालिका, खानेपानी डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा अलपत्र योजना पुनः सञ्चालनमा ल्याउने भएको वडा नम्बर ६ का वडा सदस्य हिमाल महराले बताउनभयो । गर्मी समयमा स्थानिय उपभोक्ताहरुलाई ट्याङ्करबाट किनेर समेत पानी पिउनुपर्ने अवस्था सिर्जना भएपछी आफुले अलपत्र योजना सञ्चालनमा ल्याउन आफुले अध्ययन गरी वडा कार्यालय, बंगलाचुली गाउँपालिका हुदै डिभिजन खानेपानी कार्यालय सम्म पुगेको वडा सदस्य महराले बताउनुभयो ।
प्राविधिक अध्ययन तथा परिक्षण पछि जनप्रतिनिधि, स्थानिय सरकार र डिभिजन कार्यालको प्रविधिक सहयोगमा योजना पुनःस सञ्चालनमा ल्याउन सफल भएको उहाँले बताउनुभयो ।योजना सञ्चालन भएसँगै वडा नम्बर ६ का झण्डै ६२ घरधुरी लाभाम्वित हुने छन । लिफ्टिङ गरिएको पानी हाललाई १२ वटा धारा मर्मत उपभोक्ताहरुलाई वितरण गर्ने योजना बनाएको उपभोक्ता समितिका अध्यक्ष रेवती बुढाले जानकारी दिनुभयो ।
अलपत्र योजनालाई पुनः सञ्चालनमा ल्याउन सफल आफुहरु लामो समयदेखि लागी पररिरहेको बताउदै आगामी दिनमा लिफ्टिङ विधि मार्फत उपभोक्ताहरुलाई बाह्रै महिना पानीको सुविधा पुर्र्याउन थप पहलकदमी अगाडी बढाउने वडा नम्बर ६ का वडा अध्यक्ष डोम बहादुर केसिले जानकारी दिनुयभो ।