Chauthoanga - Nepali News Media
दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना थिए

काठमाडौँ - आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । 
चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । आज  बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ ।

क्याप्टेन शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ । विमान पुरै आगजनी भएको छ । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको