Chauthoanga - Nepali News Media
बंगलाचुलीमा आगलागी, अढाइ लाख बराबर क्षति

कमिरेचौरः- बंगलाचुली गाउँपालिका वडा नम्वर ४ हुँक्लामा गोठमा आगलागी हुदा करिब २ लाख ५० हजार बराबर क्षति भएको छ । हुक्ला स्थितित स्थानिय दल बहादुर थापाको फुसले छाएको गोठमा गएराति करिब ९ बजेको समयमा आगलागी भएको उहाँले जानकारी दिनुभयो । आगलगिबाट गोठमा बाँधेको एउटा भैसिँ जलेर मरेको छ । भने अर्को गाभिनो भैसि जलेर घाइते भएको पिडित थापाले जानकारी दिएको छ । 

आगलागिबाट गोठमा राखिएको काठका दारहरु समेत जलेर नष्ट भएको छ ।गएराति करिब ९ बजेको समयमा गोठमा आगलागि भएको थाहा पाएको र आगलागिको कारण भने पत्ता लगाउन नसकिएको पिडित दलबहादुर थापाले जानकारी दिनुभयो । गोठमा आगलागी भएको थाहा पाउँदा आगो नियन्त्रण बाहिर पुगेको हुँदा भैँसिलाई बचाउन सक्ने अवस्था नहुँदा एउटा भैसी मरेको र अर्को जलेर घाईते भएको उहाँले जानकारी दिनुभयो ।  

रातिको समयमा बालबालिकाले आगो लगाएको हुनसक्ने अनुमान गरिएको छ ।आगलागिबाट भैँसि काठ गरि अनुमानित २ लाख ५० हजार बराबर क्षति भएको पिडित थापाले बताउनुभयो । गाउँघरमा हुने यस्ता दुर्घटनालाई रोक्नका लागि स्थानिय प्रहरीले रातको समयमा समुदायस्तरको गस्तिलाई बढाउनु पर्ने पिडित परिवारको मागरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको