Chauthoanga - Nepali News Media
मृगाैलाका बिरामी ईश्वर बहादुर नेपालीको उपचारार्थ आर्थिक सहयोग जुट्ने क्रम सुरु

कमिरेचाैर  - दाङ बंगलाचुली गाउँपालिका वडा नं ४ जुम्लेपानी स्थित तिमिलाचौर निवासी मृगाैलाका बिरामी ईश्वर बहादुर नेपालीको उपचारार्थ आर्थिक सहयोग जुट्ने क्रम सुरु भएको छ। उहाँको उपचारका लागि २९ हजार ३ सय ७१ रुपैयाँ आर्थिक सहयोग जुटेको छ । 
मृगौलाका बिरामी इश्वरबहादुर नेपालीकाे उपचारका लागि  रोजगारीका सिलसिलामा रोमानियामा रहनुभएका बंगलाचुली गाउँपालिका वडा नं.- ४ मैकुटी निवासी समाजसेवी युवा तुल्सीराम तपालीले २८ हजार ७ सय १० रुपैयाँ  एक्लै सहयोग गर्नु भएको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नं ४ कमिरेचौर घर भई हाल रोजगारीको शिलसिलामा दुबईमा रहनुभएका समाजसेवी युवा यम थापाले १ हजार १ सय ११ रुपैयाँ र अर्का नाम उल्लेख नगर्न अनुरोध गर्नुभएका समाजसेवी युवा ले ५ सय ५० सहयोग गर्नु भएको छ । 

चौथो अङ्ग डटकमले मृगौला पीडित ईश्वरबहादुर नेपालीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको सम्बन्धी स्थलगत रिपोर्टङ गरेको थियो। सो रिपोर्टिङपछि अहिले उहाँको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोगको लागि चासो व्यक्त गरिएको छ।

३६ वर्षका ईश्वरबहादुर नेपाली आर्थिक अभावका कारण आफ्नो मृगौलाको उपचार गर्न नसक्दा दुःखदायी जीवन व्यतित गरिरहनुभएको छ। उहाँले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग अनुरोध गर्नुभएको छ।

 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको