Chauthoanga - Nepali News Media
प्रतिष्ठानले प्रकाशन शुरु गर्‍यो आफ्नै बैज्ञानिक जर्नल

दाङः- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्यसंग सम्वन्धि अध्ययन र अनुसन्धानको कामलाई अघि बढाउन आफ्नै प्रथम संस्करणको जर्नल प्रकाशन सुरु गरेको छ । संस्था स्थापनाको लामो समयपछि शैक्षिक कार्यक्रम अघि बढाएको प्रतिष्ठानले आफ्नै पहलकदमी र प्रयासमा पहिलोपटक अनुसन्धानमुलक कामलाई प्रभावकारी बनाउन  आफ्नै Scientific Journal - "Journal of Rapti Academy of Health Sciences (JRAHS)" जर्नल प्रकाशनको आरम्भ गरेको हो । प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले शैक्षिक संस्थामा आफ्नै जर्नल हुनु अत्यन्तै महत्वपुर्ण उपलब्धि भएको बताउदै अव प्रतिष्ठानमा कार्यरत वा अन्य विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुले आफुले गरेको खोजमुलक अनुसन्धानात्मक सामग्री अस्पतालकै जर्नलमा प्रकाशन गर्न अवसर पाउने बताउनु भयो । 

प्रतिष्ठानले उपचार सेवासंगै विभिन्न शैक्षिक कार्यक्रम अघि बढाइरहेको वेला स्वास्थ्यसंग सम्वन्धित विषयमा भएका अनुसन्धानहरुमा आधारित शोधपत्रहरु प्रकाशन गर्नुले पनि प्रतिष्ठानको विकासमा कोशेढुङ्गा सावित हुने बताउनु भयो । पहिलोपटक प्रकाशन भएको जर्नलमा विभिन्न चिकित्सकहरुको १५ वटा बढि स्वास्थ्यसंग समेटिएका अनुसन्धानात्मक सामग्रीहरु प्रकाशन भएका छन् । जनरल प्राक्टीस एण्ड इमरजेन्सि विभागका प्रमुख प्राध्यापक डा. दिनेश लम्साल नेतृत्वमा रहेको सम्पादकीय मण्डल रहेको छ भने जर्नलको सल्लाहकार कमिटिमा उपकुलपति लामीछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, निमित्त निर्देशक डा. जनार्दन पन्थि लगायतका रहनु भएको छ । 

प्रतिष्ठानका रजिष्ट्रार लम्सालले प्रतिष्ठान विरामीको उपचार सेवामात्रै नभई शैक्षिक कार्यक्रमसंगै अध्ययन र अनुसन्धानको काम पनि जर्नल प्रकाशन भएसंगै सुरुवात भएको बताउनु भयो । ‘प्रतिष्ठान ठुलो शैक्षिक संस्था भएकाले पनि यसको आफ्नै जर्नल हुनु एकदमै महत्वपुर्ण कुरा हो, अव आफ्नै जर्नलमा अनुसन्धानमुलक स्वास्थ्य सामाग्रीहरु प्रकाशन गर्न पाउनु दाङसहीत यस क्षेत्रको लागी निकै ठुलो गौरवको कुरा हो–रजिष्ट्रार लम्सालले भन्नुभयो–‘ प्रतिष्ठानको आफ्नै जर्नलसंगै प्रतिष्ठानको सेवा सुविधा, योजना वारे समेटिएको वुलेटिन पनि निकाल्न सुरु गर्दैछौ ।’ उहाँले प्रतिष्ठानको जर्नलको शुरुवातवाट  यस्ता बौद्धिक तथा शैक्षिक कार्यक्रम र उपलव्धिले प्रतिष्ठानको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै संघीय स्वास्थ्यमन्त्रि प्रदीप पौडेलले पनि शुभकामना शन्देश दिदै प्रतिष्ठानले आफ्नै जर्नल प्रकाशन गरेकोमा खुसि ब्यक्त गर्दै प्रतिष्ठानमा अध्ययन र अनुसन्धानको काम अघि बढ्नुले सबैमा सकारात्मक शन्देश प्रवाह भएको बताउनु भयो । स्वास्थ्य सचिव डा. रोशन पोखरेलद्वारा जारी शुभकामना शन्देशमा प्रतिष्ठानको आफ्नै जर्नल प्रकाशनले सबैलाई उत्साहीत गराएको बताउनु भयो । त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अन्जनी कुमार झाँले  यस जर्नललाई प्रतिष्ठानको गौरव बढाएको बताउदै प्रतिष्ठानमा कार्यरत चिकित्सकको आवश्यक ज्ञान, सिप र दक्षता अभिवृद्धि हुने आशा राख्नु भयो ।  

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको