Chauthoanga - Nepali News Media
साउन ६ गते प्रधानमन्त्री ओलीले  विश्वासको मत लिनुहुने

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गर्नुभएको प्रमुख सचेतक बर्तौलाले बताउनुभयो ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले असार ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिनुभयो ।

प्रधानमन्त्री ओलीले साउन ६ गते नै संसद् बैठकबाट देशवासीको नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको