Chauthoanga - Nepali News Media
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक ओटि सञ्चालनमा, अप्रेसनका लागि पालो कुर्नुपर्ने वाध्यता हट्दै

दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अपरेशन थिएटर सञ्चालनमा आएको छ । अप्रेसन गर्ने विरामीको चाप अत्याधिक बढेपछि त्यसलाई मध्यनजर गर्दै थप दुइ वटा ओटि सञ्चालनमा ल्याईएको उपकुलपति डा. विकास लामीछानेले बताउनु भयो ।

सुविधा सम्पन्न रहेका दुई वटा ओटिरुमको एक कार्यक्रमका विच उपकुलपति डा. लामीछानेले रिवन काटेर उद्घाटन गर्नु भएको हो । सो अवसरमा उपकुलपति डा. लामीछानेल थोेरैमात्रै अप्रेसन थिएटर हुँदा विरामीहरुलाई अप्रेसनकै लागि पालो कुर्र्नुुपर्ने वाध्यता रहदै आएकोमा अवदेखी विस्तारै हट्दै जाने बताउनु भयो ।

उहाँले प्रतिष्ठानमा विशेषज्ञ चिकित्सहरुको थपिएसंगै सेवामा सुधार हुँदै गइरहेको बताउदै अप्रेसन गर्नका निमित्त प्रतिष्ठानमा अप्रेसन थिएटरको संख्या ६ वटा पुगेको बताउनु भयो । त्यस्तै प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिले अस्पतालमा अप्रेसन गर्न ओटिरुम थपिनु सुखद पक्ष भएको भन्दै अप्रेसनका लागि विरामी र चिकित्सकहरुले पालो कुर्नुपर्ने समस्या अवदेखी हट्दै जाने विश्वास ब्यक्त गर्नुभयो ।

यसैगरेर प्रतिष्ठानका ओटि इञ्चार्ज एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले सुरुमा दुई वटा ओटिवाट सुरु गरेको अप्रेसन सेवा अव ६ वटा ओटि भएसंगै सेवालाई ब्यवस्थित गर्नमा थप सहजता मिलेको बताउनु भयो ।

  दैनिक २५ वटा बढि अप्रेसन हुँने गरेको जानकारी दिदैँ उहाँले अप्रेसन गर्नुपर्ने विरामीहरुको संख्या बढ्दै गएकाले ओटि विस्तारमा जोड दिईएको बताउनु भयो । 
प्रतिष्ठानका मेट्रोन शर्मिला शर्माले नयाँ ओटि सञ्चालनमा आएसंगै चिकित्सक र नर्शसहीतको स्वास्थ्यकर्मि जनशक्ति ब्यवस्थापन भइसकेको बताउदै थोरै ओटि हुँदा चिकित्सकहरुले अप्रेसनका लागि निकै समय पालो कुनुपर्ने समस्या रहेकोमा अवदेखी त्यो नहुँने विचार ब्यक्त गर्नु भयो ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको