Chauthoanga - Nepali News Media
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवकको नाम सर्वजनिक

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ ।

बीबीसीले दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी  र्‍याली सम्बोधनका क्रममा गोली दाग्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।

पेन्सिलभेनियामा चुनाव प्रचाररत रहेका बेला ट्रम्पलाई गोली हानिएको थियो । कान र छेउछाउको भागमा घाउ लागे पनि ट्रम्प सुरक्षित छन् ।

बीबीसी

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको